
९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी गरेको छ ।
साथै, धानखेत नजिकै कार्यक्रमस्थल बनाइएको सन्दर्भमा आएका सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा सचेतता अपनाउने पनि भनेको छ ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । नकि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको हो ।’
शुक्रबार गृहमन्त्री थापासहितको टोली अछामको रामारोसनमा गएको थियो ।
भट्टराईले कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले गरेको पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4