
९ भदौ, हेटौंडा । बागमती प्रदेशले प्रदेशको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र सुझाव पठाउन भनेको छ ।
प्रदेशको शिक्षा नीतिमाथि सबै सरोकारवालाको अपनत्व गराउनका लागि सुझाव माग गरिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । सुझाव मन्त्रालयमै बुझाउन वा इमेल ठेगानामा पठाउन भनिएको छ ।
मस्यौदा माथिको सुझाव प्राप्त भएपछि प्रदेश सरकारले शिक्षासम्बन्धी विधेयक पनि बनाउने मन्त्री दुलालले बताए । ‘सरकारले कानुन बनाउनुअघि नीति बनाउन सुझाव खोजेको हो’ उनले भने ।
हेर्नुहोस् शिक्षा नीतिको मस्यौदा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4