
९ भदौ, काठमाडौं । कुवेतबाट पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल फर्कन टिकट काटेका नेपाली नागरिकले आगामी २८ तारिखमा नेपाल आउन पाउने भएका छन् ।
उडान तालिका प्रकाशन भई टिकट बिक्री भइसकेपछि सरकारले पाँचौ चरणको उद्धार उडान केही दिन रद्ध गरेको थियो ।
सोहीकारण २३ अगष्टमा कुवेत जानुपर्ने नेपाल एयरलाइन्सको जहाज जान पाएका थिएन, उक्त उडान अब २८ अगष्टमा हुने निगमले जनाएको छ ।
निगमले नेपाल सरकारद्धारा निर्धारित नियम बमोजिम तोकिएको होटल बुकिङ तथा आफूसँग भएको टिकट रिभ्यालिड गर्न निगमको केन्द्रीय कार्यालयमा भोलिसम्म सम्पर्क गर्न समेत आहृवान गरेको छ ।
यात्रुले नेपालमा रहेका आफ्ना प्रतिनिधिमार्फत निगम कार्यालयमा सम्पर्क गरी सो टिकटलाई पुनः निश्चित गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी सम्पर्कमा आएका यात्रुहरुलाई कुवेत-काठमाडौंको २८ अगष्ट, २०२० मा हुने उडानमा समावेश गरिने कम्पनीले जनाएको छ ।
सम्पर्कमा नआएका यात्रुको टिकट वापतको रकम पुरै फिर्ता पाउने भएका छन् ।
प्रतिक्रिया 4