
९ भदौ, काठमाडौं । सोमबार मृत्यु भएकी काठमाडौं चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी उनको सोमबारै मृत्यु भएको थियो ।
मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘उनको हिजो मृत्यु भएको थियो उनको रिपोर्ट भने आज आएको हो’ उनले भने ।
पछिल्लो २४ घण्टामा यी महिलासहित काठमाडौं उपत्यकामा २ जना संक्रमितको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4