Comments Add Comment

कांग्रेसले मंगलादेवी सिंहको स्मृती दिवस मनाउँदै

१० भदौ, काठमाडौं । नेपाल महिला संघकी संस्थापक सभापति मंगलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र उसका भातृ संस्थाहरुले मनाउँदैछन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरणमा आज दिउँसो भर्चुअल (भिडियो) छलफल गरी स्मृति दिवस मनाउन लागिएको हो ।

कोरोनाका महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने राखिएको छैन । सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्याएको योगदानबारे भर्चुअल रूपमा विचार विमर्श हुँदैछ । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र प्रवक्ता विश्वप्रकाश शर्मासहित भर्चुअल्ली विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा कांग्रेसले काठमाडौंको टेकुस्थित सिंहको शालिक रहेको स्थानमा औपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गर्दथ्यो ।

लौहपुरूष गणेशमान सिंहकी पत्नीसमेत रहेकी मंगलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ । महिलाहरुको हक, हित र अधिकारको लागि संघर्ष गरेकी उनको २०५३ भदौ १० गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment