
१० भदौ, विराटनगर । मोरङको दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहले लकडाउन एक साता थप गर्ने निर्णय गरेका छन् ।
मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि ६ वटा स्थानीय तहले बुधबारदेखि लागु हुनेगरी एकसाता अत्यावश्यक सेवाबाहेक बजार र यातायात बन्द गर्ने निर्णय गरेका हुन्।
रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप गर्ने निर्णय भएको रंगेली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।
बैठकले विहान १० बजेसम्म तरकारी तथा दुग्धजन्य वस्तुको बिक्री र पसल सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । बजार पसल खुला नगर्ने, अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।
प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको छलफलले कोरोना विरुद्धको अभियानमा एकअर्काे पालिकालाई सहयोग गर्दै अघि बढ्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया 4