Comments Add Comment

कर्णाली अस्पतालका २ स्वास्थ्यकर्मीमा कारोना संक्रमण

१० भदौ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा चिकित्सक र एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालका अनुसार ओपीडीमा कार्यरत चिकित्सक र अस्पतालमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुमा संक्रमण देखिएपछि बुधबार नै ३५ जना अन्य चिकित्सक र कर्मचारीको स्वाब संकलन गरी परीषणका लागि पठाइएको अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मीहरु २७ वर्षीय पुरुष र २९ वर्षीया महिला हुन् ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये सुर्खेतका चार जना, भक्तपुर र भारतका एक÷एक जना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

महाशाखाका अनुसार सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ८ र ९ का ८ र २६ वर्षिया पुरुष, वीरेन्द्रनगर नगरपालिका –४, का २९ वर्षीया महिला र गुर्भाकोट नगरपालिका –४, का २२ वर्षीय पुरुष रहेका छन ।

त्यस्तै भक्तपुरको भक्तपुर नगरपालिका –२, का २७ वर्षीय पुरुष र भारतको वनारसका १९ वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कर्णालीमा बुधबार १२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या २०१९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

हालसम्म संक्रमितको संख्या २ हजार ३१९ रहेको छ । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । भने २९४ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment