+
+
Shares

बुटवलका १३ जना थुनुवामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १८:२८

१० भदौ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा राखिएका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । १३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।

थुनुवामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको र संक्रमण पुष्टि भएकाहरुलाई ब्यवस्थापनका बिषयमा छलफल भइरहेको डीएसपी खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?