Comments Add Comment

बलात्कारपछि गर्भपतन गराएको आरोपमा २ जना पक्राउ

१० भदौ, सर्खेत । किशोरीलाई बलात्कारपछि असुरक्षित गर्भपतना गराएको आरोपमा प्रहरीले कालीकोटमा २ जनालाई पक्राउ गरेको छ ।

रास्कोट नगरपालिका–४, वसन्तपुरका ५१ वर्षीय नमराज शाही र उनका ज्वाइँ नाता पर्ने २४ वर्षीय खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

होटल सञ्चालक नमराजले रास्कोट–४, सुनारबाढाकी १८ वर्षीया किशोरीलाई २०७६ चैत १५ गते जबर्जस्ती करणी गरेको खुलेको कालीकोटका डीएसपी श्याम ओलीयाले बताए ।

त्यसपछि पनि पटक पटक प्रलोभन र धम्की दिएर पटक पटक बलात्कार गर्दा जेठमा किशोरीको गर्भ रहेको पीडित परिवारले बताएको छ । त्यसपछि नमराजले आफ्ना ज्वाइँ नाता पर्ने खगेन्द्रलाई किशोरीका नक्कली पति बनाई सदरमुकाम मान्मा गई असुरक्षित गर्भपतन गराउँछन् ।

‘किशोरीले पेट दुख्ने र रगत बग्न थालेपछि उनले घर परिवारलाई भनिछन्,’ डीएसपी ओलीयाले भने, ‘परिवारले उपचारका लागि अस्पताल लगेपछि गर्भपतन गराएको भन्ने थाहा भयो र भदौ ७ गते हामीकहाँ उजुरी आएको हो ।’

आफूलाई आर्थिक प्रलोभन देखाएको र नमानेपछि मार्ने र गाउँबाट निकाल्नेसम्मको धम्की दिदै आएको किशोरीका बुवाले प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment