Comments Add Comment

चिकित्सकमा कोरोना देखिएपछि कर्णाली अस्पतालमा ओपीडी बन्द

१० भदौ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित स्वास्थ्यकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृतलाई संक्रमण देखीएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए ।

उनका अनुसार बुधबार गरिएको परीक्षणमा थप एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । चिकित्सकमा कोरोना देखिएपछि बिहीबार देखि एक साताका लागि ओपिडी सेवा बन्द गरिएको डा. खड्काले बताए ।

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको निर्देशक डा. खड्काले बताए । यसअघि पनि अस्पतालका ३ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । उनीहरू निको भएर ड्युटीमा फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment