Comments Add Comment

सर्लाहीमा खाल्डोको पानीमा डुबेर २ जनाको मृत्यु

११ भदौ, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकाको छुट्टाछुट्टै स्थानमा बिहीबार खाल्डोको पानीमा डुबेर एक युवती र बालिकाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका– १० सीतापुर बस्ने १९ बर्षीया पुनम महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बरहथवा नगरपालिका ९ मुर्तियास्थित हजूरआमाको घरमा बस्दै आएकी पुनम कसैलाई नसोधी घरबाट बिहीबार बिहान निस्केकी थिइन् । उनको खोजी गर्दै जाँदा घर नजिकैको बर्षातको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक पुनम पहिलादेखि नै छारे रोगी रहेको परिवारजनलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरहथवा नगरपालिकाकै वडा नम्बर ३ मा एक बालिकाको पनि खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

बिहीबार बिहान बरहथवा नगरपालिका ३ पथलैया चोक बस्ने ३ बर्षीया पुनम महतोको आफ्नै ट्युबेलको पानी जम्मा हुने खाल्डोमा डुबेर मृत्यु भएको छ ।

ओछयानबाट उठेर गएकी बालिका खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेको परिवारलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment