+
+
Shares

क्लासिक टेकले ल्यायो इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १२:२६

१२ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस अफर ल्याएको छ।

कम्पनीले ६ महिना र १ वर्षको वार्षिक शूल्क रकम पुनःभुक्तानी गरेमा छुट दिनेगरी रिचार्जमा बोनस अफर ल्याएको हो।

अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको कम्पनीले बताएको छ।

यो योजनाअन्तर्गत ६ महिनाको शूल्क रिचार्ज गर्दा १ महिना थप इन्टरनेट सेवा निःशूल्क दिइने भएको छ।
सेवाग्राहीले १ वर्षको ग्राहक शूल्क रिचार्ज गरेकोमा २ महिनाको थप सेवा बोनसमा पाउने कम्पनीको भनाइ छ।

कम्पनीले वार्षिक ग्राहक योजनाअन्तरगत २० एमबिपिएसको लागि १२ हजार रुपैयाँ, २५ एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३० एमबिपिएसको लागि १३ हजार २०० रुपैयाँ, ३५ एमबिपिएसको लागि १४ हजार १४८ रुपैयाँ, ४० एमबिपिएसको लागि १४ हजार ४०० रुपैयाँ, ५० एमबिपिएसको लागि १५ हजार रुपैयाँ, ६० एमबिपिएसको लागि १६ हजार ८०० रुपैयाँ र ७० एमबिपिएसको लागि १८ हजार रुपैयाँ सेवा शुल्क तोकेको छ।

यी मध्ये कुनैपनि सेवा १२ महिनासम्म लिएमा २ महिनाको छुट ग्राहकहरुले पाउने कम्पनीले जानकारी दिएको छ।
अफर अन्तर्गत क्लासिकको इन्टरनेटसहित क्लासिकप्रभु टिभी समेत २ महिना अफरमा पाउन सकिने छ।

ग्राहकहरुलाई आफ्ना कुनैपनि योजनाहरुमा एबिपिएस प्याकेज थप गर्ने वा घटाउन सकिने सुबिधा कम्पनीले दिएको छ।
क्लासिक टेकका सेवाग्राहीहरुले कम्पनीको मोबाइल एपमार्फत सबै सेवाहरुको जानकारी लिन सक्छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?