Comments Add Comment

दैलेखमा समुदायका ११ जनामा कोरोना संक्रमण

१२ भदौ, सुर्खेत । दैलेखमा एकजना पत्रकारसहित ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

स्वास्थ्य सेवा कार्यालयको, पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार ११ जना नयाँ संक्रमित फेला परेका हुन् ।

नयाँ संक्रमितहरु ११ जना नै नारायण नगरपालिकाका स्थानीय रहेको अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

संक्रमित ५ जना महिला र ६ जना पुरुष हुन् । फोकल सर्पन रेग्मीका अनुसार उनीहरु कुनै पनि ट्राभल हिस्ट्री नभएका समुदाय स्तरका व्यक्तिहरु हुन ।

‘आज देखिएका ११ जना संक्रमितहरुको कुनै पनि ट्राभल हिस्ट्री छैन,’ फोकल पर्सन रेग्मीले भने, ‘समुदायस्तरमा परीक्षण गर्दा उहाँहरुमा संक्रमण देखिएको हो ।’

संक्रमित पत्रकार भने स्थानीय एक रेडियोमा कार्यरत छन । महामारीका बेला सक्रिय ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment