Comments Add Comment

विराटनगरमा न्यूरो अस्पतालले सुरु गर्‍यो कोभिड उपचार

५१ बेडको आइसोलेसन कक्ष

१२ भदौ, विराटनगर । विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसालिटी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

सातवटा आईसीयू र दुईवटा भेण्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

न्यूरोको विराटनगर–९ महेन्द्र चोकमा रहेको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई बिहीबारबाट कोभिड १९ अस्पतालको रुपमा सञ्चालन गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

न्यूरो विराटनगरमा निजी क्षेत्रबाट आइसोलेसन सञ्चालन गर्ने दोस्रो अस्पताल हो । यसअघि विराट मेडिकल कलेजले ६० बेडको आइसोलेसन सञ्चालन गरेको थियो ।

भट्टराईका अनुसार न्यूरोको कोभिड अस्पतालमा ५१ बेड राखिएको छ । जसमा ४२ वटा बेड जनरल सेवा, ७ वटा आईसीयू र दुई वटा भेन्टिलेटर छन् ।

उनले केही दिनपछि कोरोना संक्रमित व्यक्तिको शल्यक्रियाको सेवा पनि सञ्चालन गर्ने तयारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment