Comments Add Comment

सन्तोषको फ्राइडे नाइट

गायक सन्तोष बस्न्यातको स्वरमा समावेश ‘फ्राइडे नाइट’ बोलको गीत रिलिज भएको छ । यो गीतमा राजकुमार बस्नेतको संगीत र सन्तोषको नै शब्द छ ।

बेलायतमा लामो समय संगीत अध्ययन गरेर फर्किएका सन्तोष हालै मात्र नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिज्म भिडियो प्रतियोगीतामा भिजिट नेपाल बोलको गीतबाट दोश्रो भएका थिए ।

अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा सौगात मान सिंहको निर्देशन र सम्पादन छ । भिडियोमा विवेक कर्माचार्य र अभिलाषा शर्माको अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment