Comments Add Comment

रिया भन्छिन्–‘म टुटेकी थिएँ, यसैले महेश भट्टलाई मेसेज गरेँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीको बिषयममा थुप्रै खालका खबर सार्वजनिक भैरहेका छन् । केही मिडियामा त रिया र निर्देशक महेश भट्टविच प्रेम रहेको चर्चा पनि नचलेको होइन ।
रियाले जुन ८ मा महेशलाई म्यासेज गरेकी थिइन् । सुशान्तको निधनपछि यो म्यासेज सार्वजनिक भयो ।

यो बिषयमा कुरा गर्दै रियाले एक टेलिभिजनमा भनेकी छिन्–‘के म कसैसँग सल्लाहा लिन सक्दिनँ ? म एक्लो भएको थिएँ । मैले अपार्टमेन्ट छाड्दै गर्दा सुशान्तले मलाई एकपटक पनि रोक्ने प्रयास गरेनन् । यसैले म उनीसँग निराश भएकी थिएँ । उनले मलाई फेरि फोन पनि गरेनन् । उनले मलाई आफ्नो जिन्दगीबाट अलग बनाइसकेका थिए । सुशान्त विरामी भएकै कारण उनले मलाई अपार्टमेन्ट छाड्दा केही नभनेको देख्दा म दुःखी थिएँ । यसैले मैले महेश भट्टलाई मेसेज गरेँ । भट्टले मलाई तिमीले तिम्रो बुबाको बारेमा सोच भन्ने सल्लाहा दिएका थिए । मलाई महेश भट्टले बच्चा भनेर बोलाउँछन् । मेरो उमेरको उनकी छोरी छन् । मानिसहरुले हाम्रो पवित्र सम्बन्धलाई गलत अर्थ लगाएका छन् ।’

रियाले सुशान्तको अपार्टमेन्ट छाड्नुअघि सम्पूर्ण डाटा डिलेट गरेको चर्चा समेत चलेको थियो । तर, यसलाई रियाले अनावश्यक हल्ला भनेकी छिन् । उनले, सुशान्तको जिन्दगीलाई कन्ट्रोल गर्नका लागि आफूले कुनै पनि काम नगरेको पनि स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment