+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

झापामा सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते २१:२२

१० भदौ, झापा । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले अनलाइनखबरलाई बताए ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर एक जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?