Comments Add Comment

टिकटकका सीईओले दिए राजीनामा

११ भदौ, काठमाडौं । सर्ट भिडियो एप टिकटकका सीईओ केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकबारे देखिएको विवाद चलिरहेको समयमा बिहीबार टिकटकका सीईओको राजीनामा आएको हो ।

पछिल्लो केही समययता टिकटकबारे अमेरिकामा चर्चा तथा चासो चलिरहेको छ । अमेरिकाले टिकटकमा राष्ट्रिय सुरक्षा जोखिम रहेको भन्दै अमेरिकामा यसको प्रयोगमा रोक लगाउने घोषणा भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनको समय दिँदै उक्त समयमा अमेरिकी कम्पनीलाई बिक्री नगरे अमेरिका टिकटकमाथि प्रतिबन्ध लाग्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

आफ्ना कर्मचारीहरुलाई पत्र लेख्दै मेयरले पछिल्लो समय राजनीतिक वातावरण उल्लेख्यरुपमा परिवर्तन भएको भन्दै राजीनामा दिएको बताएका छन् । मेयर गत मे महिनामा टिकटकको सीईओ बनेका थिए । टिकटकले उनले कम्पनीमा रहेर गरेको कामप्रति धन्यवाद दिएको छ ।

टिकटकले सीईओले लिएको निर्णयको सम्मान गर्ने पनि उल्लेख गरेको छ । मेयर अमेरिकी कम्पनी डिज्नीका पूर्वकार्यकारी पनि हुन् । त्यसैले अमेरिकाले चिनियाँ कम्पनीसँग सम्बन्ध नराख्न अमेरिकाले दबाब दिएको हो ।

बाइटडान्स कम्पनीले सन् २०१७ मा म्युजिकल्लीलाई खरिद गर्दै टिकटक सार्वजनिक गरेको थियो । त्यसयता निरन्तररुपमा टिकटकका प्रयोगकर्ताको संख्या बढ्दो क्रममा छ। तर, सुरक्षाको कारण देखाउँदै केही मुलुकहरुले टिकटकमाथि प्रतिबन्धको तयारी गरेका छन् भने केहीले प्रतिबन्ध लगाइसकेका छन् ।

स्रोत : द भर्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment