Comments Add Comment

कस्तो रह्यो गायनमा नीताको डेब्यू ?

नायिका नीता ढुंगानाले यसपटक केही फरक गर्ने कोशिश गरिन् । नायिकाको रुपमा स्थापित भएकी नीताले दर्शक तथा श्रोतामाझ गायनको छवि बनाउने कोशिश गरिन् ।

उनले, आफ्नो पहिलो गीतको सुरुवात ‘गणेश भजन’बाट गरिन् । यो भजनबाट सुरु गरेर गायकीमा स्थापित हुने सोच उनको छ । उसो त, नीता अब चलचित्र निर्माणलाई पनि अगाडि बढाउने तयारीमा छिन् ।

केही बर्ष अगाडिसम्म चलचित्रमा नीताको माग राम्रै थियो । तर, निरन्तर चलचित्र असफल हुँदा उनलाई समस्या परेको छ । जसकाकारण पनि नीता अब आफै कम्पनी सुरु गरेर चलचित्र निर्माण गर्ने, गीत सार्वजनिक गर्ने तयारीमा छिन् ।
उनले, यसको सुरुवात पनि गरिसकेकी छिन् ।

नीताले सार्वजनिक गरेको ‘गणेश भजन’लाई एक सातामा करिब ३ लाख भ्यूज मिलेको छ । दर्शकले नीताको स्वरको तारिफ गरेका छन् । कतिपय दर्शकले भने उनलाई अझै गायन सिकेर आउन सुझाव दिएका छन् ।

तर, नीता आफ्नो पहिलो गीतबाट पाएको प्रतिक्रियाबाट उत्साहित देखिएकी छिन् । पहिलो गीत सार्वजनिक गरेर उत्साहित बनेकी नीताले दोश्रो गीत कस्तो सार्वजनिक गर्ने हुन् त्यो भने प्रतिक्षा गर्नैपर्छ । तर, नेपालमा नायिकाहरु गायिका बनेर सफल भएको देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment