+
+
Shares

‘स्वास्थ्यकर्मीलाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १३ गते २०:३४

१३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।

महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

‘यदि कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्नुहोला,’ प्रवक्ता बुढा भन्छन्, ‘उजुरीकर्ताको विवरण गोप्य राख्छौं ।’

स्थानीयवासीको नाममा उश्रृखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ ।

विरामीको उपचार खटेका वा महामारी नियन्त्रणमा लागेका जोकोहीलाई सम्मान तथा उत्प्रेरित गर्नुपर्नेमा केही व्यक्तिहरूले उल्टै धम्की दिने, घर घेराउ गर्ने गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?