Comments Add Comment

महोत्तरीका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

१३ भदौ, जनकपुरधाम । महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको पिपरा गाउँपालिका-७ का ७० बर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए ।

महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

भंगहा नगरपालिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको छ ।

ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो ।

योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment