Comments Add Comment

आलुको बोक्रा कति उपयोगी

हरेकको भान्सामा नभई नहुने वस्तु हो, आलु । आलु धेरैको लागि प्रिय तरकारी पनि । यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । थरीथरीका परिकार बनाउन सकिन्छ । उसिनेर खाए हुन्छ, अचार बनाए हुन्छ, दाल बनाए हुन्छ । तरकारीमा त आलु अनिवार्य जस्तै हुन्छ । तर, आलु पकाउँदा प्राय बोक्रा ताछेर फ्याक्ने गरिन्छ ।

जबकी आलुको बोक्रा आफैमा पोषणले भरिपूर्ण हुन्छ । यसमा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स पाइने बताइन्छ । जसै हामी आलुको बोक्रा ताछेर फ्यक्छौं, त्यससँगै यी पोषण तत्वहरु पनि नष्ट भइरहेका हुन्छन् । यससँगै हामीले आलुको बोक्रामा रहेको फाइबर र प्रोटिन पनि नष्ट गरिरहेका हुन्छौं ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सि र बि कम्प्लेक्स हुन्छ । साथसाथै आलुमा आइरन पनि हुन्छ । यही कारण शरीरमा आवश्यक कतिपय पोषक आलुको बोक्राले पूर्ति गर्छ । त्यसो त शरीरका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै फाइदाजनक छ ।

आलुमा पर्याप्त मात्रामा पोटेशियम पाइन्छ । साथै यो भिटामिन सिको पनि राम्रो स्रोत हो । यी दुबैले उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यसको बोक्रालाई धोएर सब्जी जस्तै बनाएर खानुपर्छ, स्वास्थ्य लाभ मिल्छ ।

आलुको बोक्रा फाइबरले भरिपूर्ण हुन्छ । यसका बोक्रालाई कुनैपनि रुपले प्रयोग गर्न सक्नुहुनछ । फाइबर अधिक हुने भएकाले लामो समयसम्म पेट खाली रहँदैन र मेटाबोलिक रेट पनि बढाउँछ । यसलाई सेवन गर्दा स्नायु तन्तुलाई बलियो बनाउँछ ।

जुन व्यक्तिको शरीरमा आइरनको कमी हुन्छ, उनीहरुले अन्य सागसब्जीका साथै आलुको बोक्रा सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।

आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्लेक्स हुन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । भिटामिन बिले शरीरलाई तागत मिल्छ ।

आलुमा एकदमै धेरै फाइबर हुने भएकाले यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ । यसमा फाइबर अधिक हुने भएकाले कब्जियतबाट पनि बचाउँछ ।

आलुको बोक्रालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । एक कचौरा आलुको बोक्रा आधा लिटर पानीमा उमाल्नुपर्छ । जब पानी एक वा दुई चम्चा रहन्छ, तब यसलाई तपाईंले आफ्नो कपालमा लगाउन सक्नुहुनछ । यसले कपालको सौन्दर्य बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment