+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १०:४८

१४ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन ।

शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्ममा पाटन अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?