Comments Add Comment

‘ह्याप्पी बर्थ डे’ आशिरमान

नायक आशिरमान देशराज जोशी आज आफ्नो जन्मदिन सेलिव्रेशन गरिरहेका छन् । चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका यी नायक २२ बर्षका भए । २२ बर्षको उमेरमा उनले २ वटा चलचित्रमा अभिनय गरेका छन् ।

आशिरमान चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा उनको चर्चा खुबै भयो । आशिरमानमाथि चलचित्रकर्मी र दर्शकको आशा र अपेक्षा खुबै देखिएको थियो । तर, पहिलो चलचित्रको कथा र निर्देशकिय पक्ष निकै कमजोर हुँदा यसको असर आशिरमानको करिअरमा देखियो । उनले, दोश्रो चलचित्र केही बर्षको अन्तरालपछि गरे ।

‘दि ब्रेकअप’ले पनि आशिरमानलाई राहत दिएन । चलचित्र चलेन । दुबै चलचित्र नचल्दा आशिरमानको करिअर अब अगाडि बढ्न समस्या छ भन्ने टिप्पणी पनि चलचित्र बजारमा सुनिने गरिन्छ । तर, राम्रो स्क्रिप्ट रोज्न सकेको खण्डमा आशिरमानले चलचित्र क्षेत्रमा बलियो उपस्थिती जनाउन सक्छन् ।

आशिरमानलाई उनको परिवार, आफन्त र शुभेच्छुकले शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment