Comments Add Comment

वाणिज्य बैंककै हाराहारीमा लघुवित्तको शाखा विस्तार, विकास बैंकको भने खुम्चियो

१५ भदौ, काठमाडौं । नेपालमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा सञ्जाल वाणिज्य बैंककै हाराहारीमा पुग्न लागेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा मात्रै ५ सय वटा शाखा थपिएका छन् ।

अहिले लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ४ हजार नाघेको राष्ट्रबैंकले जनाएको छ । २०७६ असार मसान्तसम्म ३ हजार ६ सय २९ वटा शाखा थिए । यद्यपि यो अवधिमा लघुवित्तको संख्या भने घटेको छ । अघिल्लो वर्षको असार मसान्तमा ९० वटा रहेकोमा  ५ वटा घटेर ८५ वटामा झरेको हो । तिनीहरुका ४ हजार ५७ वटा शाखा कार्यालय छन् ।

अघिल्लो वर्षसम्म लघुवित्तहरुको संख्या पनि राम्रै बढेको थियो । चालु आर्थिक वर्षदेखि भने राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नयाँ लाइसेन्स नदिने नीति लियो । त्यसपछि लघुवित्तहरु एक आपसमा मर्जरमा जान थालेका छन् ।

लघुवित्तका शाखा संख्याले वाणिज्य बैंकहरुका शाखा संख्यालाई भेट्न थालेको छ । देशभर वाणिज्य बैंकका ४ हजार ४ हजार ४ सय ३६ वटा शाखा रहेका छन् । २०७६ असार मसान्तसम्ममा यो संख्या ३ हजार ५ सय ८५ मात्रै थियो । हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्यलाई पुरा गर्न बैंकहरुले भागबण्डा गरेर स्थानीय तहहरुमा शाखा खोलेका थिए ।

विकास बैंकको शाखा घटे

अन्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल विस्तार भइरहदा विकास बैंकको भने घटेको छ । पछिल्लो एक वर्षमा विकास बैंकहरुको संख्या २ सय ३८ वटाले घटेको राष्ट्र बैंकले बताएको छ ।

२०७६ असार मसान्तमा विकास बैंकहरुको संख्या २९ वटा रहेकोमा २०७७ असार मसान्तसम्म आइपुग्दा घटेर २० कायम भएको छ । यस अवधिमा विकास बैंकको संख्या मात्रै होइन शाखा सञ्जाल समेत घटेका छन् । २०७६ असार मसान्तमा १ हजार २ सय ६७ वटा रहेका विकास बैंकका शाखा २०७७ असार मसान्तमा घटेर १ हजार २९ मा सीमित भएका छन् ।

उता ‘ग’ वर्गका फाइनान्स कम्पनीको शाखा संख्या भने बढेको छ । एक वर्षको अवधिमा फाइनान्स कम्पनी एउटा घटेको छ भने शाखा संख्या २०५ बाट बढेर २४३ पुगेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको संख्या ९ हजार ७ सय ६५ रहेको छ । अघिल्लो वर्ष यो संख्या ८ हजार ६ सय ८६ मात्रै रहेको थियो ।

वर्षेनी बैंकहरुले सेवा विस्तार गर्छन् । शाखा थपिए बैंकको कारोबार पनि बढ्छ र फाइदा पनि बढ्छ । यसकारण बैंकको संख्या घटे पनि शाखा संख्या भने बढ्दै आएको छ । विकास बैंकको हकमा भने अवस्था फरक छ । आखिर कसरी घटे त शाखा संख्या ? राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल विकास बैंकको शाखा घट्नुको कारण अरु केही नभएर मर्जर भएको बताउँछन् । पछिल्लो समय विकास बैंकहरु व्ाणिज्य बैंकमा बिलय हुँदै आएका छन् ।

‘कुनै विकास बैंक वाणिज्य बैंकमा बिलय हुँदा त्यो विकास बैंकको शाखा वाणिज्य बैंकको हिसाबमा आउने भएकाले यस्तो देखिएको हो, मर्जरपछि शाखा पनि गाभिन्छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment