
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले भन्सारमा रहेका बैंकहरूलाई तिहार बिदामा भाइटीकाको दिनबाहेक सेवा प्रदान गर्न निर्देशन दिएको छ।
- सरकारले आपूर्ति प्रणाली सुचारु राख्न भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा निरन्तरता कायम गर्न पत्राचार गरेको थियो।
- केन्द्रीय बैंकले भन्सार कारोबार गर्ने बैंकहरूले तिहार बिदाका सबै दिन बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको हो।
३१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सारमा रहेका बैंकहरूलाई तिहार बिदामा पनि सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा प्रदान गर्न भन्दै केन्द्रीय बैंकले बैंकहरूलाई निर्देशन दिएको हो ।
शुक्रबार सूचना जारी गरी केन्द्रीय बैंकले भन्सार कारोबार गर्ने बैंकहरूले भाइटीकाको दिनबाहेक सेवा दिन भनेको हो । सरकारले आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा सुचारु गराउन केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो ।
सोही अनुसार केन्द्रीय बैंकले भाइटीकाको दिनबाहेक तिहार बिदाका अरू सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया 4