 
																			१५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक वृद्धको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –२४ का ८० वर्षीय वृद्धको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३ : २० बजे मृत्यु भएको हो ।
३ दिनदेखि आईसीयूमा उपचार गराइरहेका वृद्धको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेश चौरसियाले जानकारी दिए ।
ज्वरो आएर भदौ १३ गते नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको कलेजोमा समेत समस्या देखिएको थियो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि सोही दिन वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा त्यहीँ उनको मृतयु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा पर्साका मात्र ३७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4