
१५ भदौ, काठमाडौं । कोरोना महामारीका बेला बहराइनका राजकुमार हिमाल आरोहणका लागि नेपाल आउने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको हो ।
उनीहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् ।
उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
यसकारले शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4