Comments Add Comment

रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

१६ भदौ, बुटवल । रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालको प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार राति रिपोर्ट आएकाले स्थानीय तहहरुले वडागतरुपमा संक्रमितहरुको तथ्यांक तयार गर्ने क्रममा रहेको जनाएका छन् ।

तिलोत्तमाका नयाँ संक्रमितहरु सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेका नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।

प्रादेशिक अस्पतालमा सोमबार राति आएको रिपोर्टमा ६ जना संक्रमित कपिलवस्तुका पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment