Comments Add Comment

दशैंको नयाँ नोटबारे निर्णय भएको छैन : राष्ट्र बैंक

१५ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने/नगर्ने कुनै निर्णय भइनसकेको बताएको छ । दशैं आउन अझै समय बाँकी रहेकाले यो महिना कुनैपनि निर्णय नहुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने बताए । बाहिर अनाधिकृत तरिकाले नयाँ नोट नबाँडिने भन्दै सूचना प्रवाह भएको भन्दै उनले त्यो गलत भएको बताए ।

‘दशैं आउन अझै समय बाँकी छ, असोजमामात्रै केहि निर्णय हुन्छ’ कार्यकारी निर्देशक नेपालले भने, ‘बाहिर आएको समाचारहरु गलत हुन्, हामीले कुनै निर्णय नै नगरी जथाभावी प्रचार गरिएको छ ।’

राष्ट्र बैंकले दशैंका लागि भन्दै हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको छ । गत वर्षदेखि भने राष्ट्र बैंकले दशैं बाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment