+
+
Shares

आईसीसीले सार्वजनिक गर्‍यो नेपाली क्रिकेट खेलाडीको तलब

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १६:३७

१६ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब सार्वजनिक गरेको छ ।

आईसीसीले सोमबार बेलुका एक वर्षको तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको हो ।

यसअघि क्यानले खेलाडीको हस्ताक्षरसहित सम्पूर्ण डकुमेन्ट पठाएको थियो ।

आईसीसीले २०१९ को लागि पठाएको तलब ३ दिनभित्रमा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा ट्रान्सफर हुने चन्दले जानकारी दिए ।

यस्तै यसपटक विभिन्न ग्रेडमा रहेका खेलाडीहरुको तलब १० हजारले बढेर आउनेछ । खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ। जसमा ए ग्रेडका खेलाडीले ४५ हजार बी ग्रेडले ३५ हजार र सी ग्रेडले २५ हजारका दरले तलब पाउने छन् ।

त्यसअघि आईसीसीले २०१७ र २०१८ को तलब एकमुष्टरुपमा २०१९ फेब्रुअरीमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?