Comments Add Comment

लाँकुरी मञ्च भत्काएर बनाएको थ्रिडी पार्क सञ्चालनमा आएन

१७ भदौ, गुल्मी । गुल्मी तम्घासको लाकुरी मञ्चमा निर्माण भएको थ्रिडी पार्क अलपत्र परेको छ । रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रकम खर्च गरी  निर्माण भएको पार्क लामो समय भइसक्दा पनिसञ्चालनमा आउन सकेको छैन ।

पार्कको संरचना निर्माण भएको एक वर्ष पुगिसकेको छ । तर निर्माण व्यवसायीले पार्क हस्तान्तरण गरेका छैनन् । पार्क संचालन र व्यवस्थापनको काम पनि भएको छैन् । जसका कारण संरचना बिग्रन थालेका छन् ।

पार्क बेवारिसे अवस्थामा रहेकोले पार्क जीर्ण बन्ने चरणमा छ । पार्कको गेट भाँचिएको छ । रंगरोगनसमेत मेटिन थालेका छन् । पार्कमा जानेहरुले फोहोर गर्ने, संरचना बिगार्ने गरेका छन् । पार्कको फोहोराबाट संकलन हुने पानीमा सडक बालबालिका पौडी खेल्ने गरेका छन् ।

वर्षौदेखिको पहिचान र संरचना लाँकुरी मञ्च भत्काएर पार्क बनाउने विषयमै थुपै्र मतभेद हुँदाहुँदै यो पार्क निर्माण भएको हो ।

लाँकुरी मञ्चको वर्षौदेखिको पहिचान नै गुम्ने तर लामो समयसम्म पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुःखद भएको स्थानीय बताउँछन् ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पार्कका संरचनामा क्षति पुगिरहेको विषयमा पनि आफूलाई जानकारी भएकाले सञ्चालनमा ल्याउन पाए एकजना नगर प्रहरी खटाउने योजनामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment