+
+
Shares

६ महिनापछि सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान

हिमालय एयरबाट स्वदेश फर्किँदै चिनियाँ नागरिक

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ भदौ १७ गते १६:०८

१७ भदौ, काठमाडौं । करिब ६ महिनापछि बुधबारदेखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

कोरोना महामारी रोकथामका लागि २०७६ चैत पहिलो हप्ता बन्द भएको अन्तर्राष्ट्रिय उडान बुधबार सुरु भएको हो । बुधबार हिमालय एयरको जहाजबाट स्वदेश फर्किन लागेका चिनियाँ नागरिक विमानस्थलमा प्रवेश गरेका छन् ।

जहाज बुधबार ४ बजेपछि चीनतर्फ उड्ने तालिका छ । चीनमा हिमालयले नियमित उडानका लागि सेप्टेम्बर महिनाका लागि कुल तीन उडान गर्दैछ । यस दौरान लकडाउन र कोरोना भाइरसको महामारीपछि उडान बन्द हुँदा नेपालमै अड्किएका चिनियाँ नागरिक आफ्नो मुलुक फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?