+
+
Shares

प्युठानका संक्रमितको बुटवलमा मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १८ गते १०:५४

१८ भदौ, बुटवल । प्युठानका कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो ।

कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुष उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका थिए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

मुटु अस्पतालमा आउनुअघि उनले भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका अध्यक्ष आलमले जानकारी दिए । मुटु अस्पतालमा अर्का एकजना कोरोना संक्रमित पनि उपचाररत रहेका उनले बताए ।

स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले नगरपालिकाको वडा नं. ७ का ५८ वर्षीय पुरुषको मुटु अस्पतालमा मृत्यु भएको पुष्टी गर्दै नगरपालिकाका कोरोना संक्रमितको मृत्यु हुने संख्या २ पुगेको बताए । यसअघि वडा नं. ७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?