Comments Add Comment

साढे ४ अर्ब रकम मुद्दति निक्षेपमा राख्दै नागरिक लगानी कोष

१८ भदौ, काठमाडौं । नागरिक लगानी कोषले मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपैयाँ राख्ने भएको छ । कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ निक्षेप राख्नका लागि बिहीबार सार्वजनिक सूचना जारी गर्दै बैंकसँग प्रस्ताव माग गरेको छ ।

इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम, भुक्तानी गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्नसक्ने समयावधी उल्लेख गरेर बैंकहरुलाई सिलबन्दी प्रस्ताव पेस गर्न कोषले भनेको छ ।

यो पनि पढ्नुहोस संस्थागत निक्षेपकर्तामा देखिएन ‘बार्गेनिङ’ क्षमता, ब्याज आम्दानी ४० प्रतिशतसम्म गुम्दै

उक्त रकम एक वर्षदेखि २ वर्षसम्म राख्न सकिने कोषले जनाएको छ । इच्छुक वाणिज्य बैंकले २१ भदौको दिउसो २ बजेसम्म पस््रताव बुझाइसक्नु पर्ने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

यतिबेला बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा धेरै लगानी योग्य रकम (तरलता) रहेको छ । बैंकहरुले कर्जा लगानी गर्न सकेका छ्रैनन् । लकडाउन शुरु भएपछि कर्जाको माग सुस्ताएको छ । जसका कारण कर्जाको माग घटेको छ । कर्जाको माग घटेपछि बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाएका छन् ।

साउन मसान्तसम्म निक्षेपको ओसत ब्याजदर ५ प्रतिशत नजिक देखिएको छ । यसरी निक्षेपको ब्याजदर घट्दा संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानी ४० प्रतिशतसम्म घट्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment