Comments Add Comment

रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण

१८ भदौ, बुटवल । रुपन्देहीमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २१ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ५० जना मध्ये सबैभन्दा बढी बुटवल उपमहानगरका ३१ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा ४-४ जना नयाँ संक्रमित थपिएका छन् ।

देवदह नगरपालिका र गैडहवा गाँउपालिकाका २-२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाउपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै रुपन्देहीमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ११३३ पुगेको छ । जसमध्ये ६२६ जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment