
१९ भदौ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब ४४ हजार नयाँ संक्रमित थपिएका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४० लाख ४० हजार नाघेको छ ।
यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ८३४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै ब्राजिलमा समग्रमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख २४ हजार ६२४ पुगेको छ ।
ब्राजिल कोरोना भाइरसका संक्रमित संख्या र मृतक संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म ६१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक लाख ८६ हजार ६९८ जनाको मृत्यु पनि भइसकेको छ ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4