Comments Add Comment

अर्जुन र कृष्णको कथामा नीताले ‘श्रीमद्भगवद् गीता’ बनाउने

नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेर निर्माणमा हात हालिन् । हुनत, उनको योजना ‘माया’ नामक चलचित्र नै बनाउने हो । तर, लकडाउनका कारण तत्काल चलचित्र बनाउन संभव नभएपछि नीता गीत र वेव सिरिज निर्माणमा अगाडि सरेकी छिन् । अब, नीताले ‘श्रीमद्भगवद् गीता’ नाममा करिब ४५ भागको वेव सिरिज बनाउने तयारी गरेकी छिन् ।

नीताले अनलाइनखबरसँग भनिन्–‘यो सिरिजमा ४ जना मात्र पात्र हुनेछन् । विशेषगरि, यो अर्जुन र कृष्णको संवादमा आधारित सिरिज हो । जसलाई हामीले आधुनिक शैलीमा बनाउने तयारी गरेका छौ । हरेक भाग २० देखि २५ मिनेटको हुनेछ । जसमा गीत पनि हुनेछ । चलचित्रकै शैलीमा हामी यसलाई निर्माण गर्छौ ।’

नीताका अनुसार, सिरिजमा पात्रहरुले लगाउने पहिरन पौराणिक कालकै हुनेछ । तर, कथालाई आधुनिक तरिकाले बुनिएको छ ।

नीताले पात्र र निर्देशक छनोटका लागि कुरा भैरहेको बताइन् । यो सिरिजमा महिलाको भूमिका नभएकाले पनि आफूले नखेल्ने तर निर्माण मात्र गर्ने उनको भनाई छ । नीता फिल्मस्ले निर्माण गर्ने यो वेव सिरिज टेलिभिजन र युटुबबाट प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment