+
+
Shares

चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १५:३५

१९ भदौ, चितवन । मकवानपुर हेटौंडाका एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ बर्षीषा महिलाको मृत्यु भएको हो ।

निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण १९ पुष्टि भएको थियो ।अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो ।

चितवनमा कोरोनाबाट हालसम्म २१ जनाको मृत्युु भइसकेको छ । मृतक चितवनका ११ जना छन् भने बाँकी अन्य जिल्लाका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?