+
+
Shares

सप्तरी कारागारका ६ जना कैदीबन्दी र दुई प्रहरीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १८:२७

१९ भदौ, सप्तरी । राजविराजस्थित सप्तरी कारागारका ६ जना कैदीबन्दी र दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनयता ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएका कैदीबन्दीको स्वाब परीक्षण गराउँदा पोजेटिभ देखिएको कारागारका निमित्त प्रमुख संजय रामले बताए ।

५६, २६, २२ र दुई जना ३१ वर्षका तथा एकजना उमेर खुल्न नसकेका पुरुष कैदीबन्दीमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित देखिएका दुईजना प्रहरीको भने उमेर खुल्न नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण देखिएका उनीहरुलाई छुट्टै कोठामा राखिएको छ । कारागारभित्र कोरोना संक्रमण देखिएपछि अन्य कैदी बन्दीको पनि स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

१२५ जना क्षमता रहेको सप्तरी कारागारमा अहिले ३३३ जना कैदीबन्दी रहेका छन् । यसमध्ये १५ जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?