Comments Add Comment

पूर्वी चितवनमा पनि पीसीआर ल्याब खुल्ने

२० भदौ, चितवन । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा पनि पीसीआर परीक्षण ल्याब खुल्ने भएको छ ।

बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना परीक्षण गर्ने मेसिन उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले पीसीआर मेसिनसहित त्यसको व्यवस्थापन, सञ्चालन तथा आइसोलेसन व्यवस्थापनका लागि ५० लाख रूपैयाँसमेत दिने निर्णय गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।

रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले स्थानीय सरकार, प्रदेश सरकारले ल्याब स्थापना र जनशक्ति व्यवस्थापनका लागि सहयोग गर्दा काम छिटो हुने बताए । उनले ५० लाख रकम ल्याब र आइसोलेसनका लागि संयुक्त रुपमा राख्दा ल्याब स्थापनामा ढिला हुनसक्ने भएकाले स्थानीय सरकारले त्यसमा आवश्यक सहजीकरण गरिदिनुपर्ने बताए ।

पूर्वी चितवनका चार वटा नगरपालिकाले बागमती प्रदेश सरकार समक्ष पीसीआर मेसिन खरिद गर्न र आइसोलेसन व्यवस्थापन गरिदिन सहयोग मागेका थिए । पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रुपमा संक्रमितहरुलाई राख्न रत्ननगर नगरपालिकामा आइसोलेसन केन्द्र तयार गरेका छन् । पूर्वी चितवनमा पीसीआर मेसिन नहुँदा ती नगरपालिकाका शंकास्पद कोरोना संक्रमितको परीक्षण भरतपुुुर कोभिड ल्याब र चितवन मेडिकल कलेजमा हुँदै आएको छ ।

भरतपुरकै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment