+
+
Shares

‘फ्रान्समा अबको १५ दिनमा गम्भीर बन्न सक्छ कोरोना संक्रमणको अवस्था’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १२:१६

२१ भदौ, काठमाडौं । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर वेरनले फ्रान्सलाई आगामी दुई साता थप सतर्कता अपनाउनु जरुरी रहेको बतएका छन् ।

उनले कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण उक्त अवधिमा फ्रान्समा आईसीयूमा भर्ना हुनेको संख्या पनि बढ्न सक्ने बताएका छन् । पछिल्लो केही दिनमा फ्रान्समा कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।

वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा राष्ट्रव्यापी लकडाउन भने आवश्यक नरहेको बताएका छन् । उनले फ्रान्ससँग कोरोना भाइरसको महामारीसँग लड्ने अन्य तरिका पनि रहेको बताएका हुन् । उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ ।’

फ्रान्समा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या तीन लाख ४७ हजार २६७ पुगेको छ । साथै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३० हजार ७३० पुगेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?