+
+

धरानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १४:१९

२१ भदौ, काठमाडौं । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

गत १८ गते अस्पतालमा भर्ना भएकी झापाको कन्काई नगरपालिका-३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० : ४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो ।

मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएकी थिइन् ।

परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले  भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?