Comments Add Comment

ललितपुर प्रवेश गर्ने नाका सिल, रथ तान्न ४३४ जना भेला हुने

२१ भदौ, ललितपुर । बिहीबार विवाद भएपछि रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आइतबार फेरि हुँदैछ । ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।

ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको हो ।

तर, प्रशासन स्रोतबाट प्राप्त विवरण अनुसार सीमित भनेर तयार गरिएको सूचीमा पनि ४ सय ३४ जना छन् । स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिँदैछ ।

कार्यक्रम स्थलको चारैतिर प्रहरीको घेरा हुने सुरक्षा तयारीको खाकामा उल्लेख छ । बिहीबार प्रशासनको अनुमितबिना ठूलो संख्यामा मानिसको भिड जम्मा भएपछि विवाद भएको थियो । प्रशासनले कार्यक्रम बिथोलेको थियो । त्यसक्रममा  एकजना ट्राफिक प्रहरी जवान पनि निर्घात कुटिएका थिए ।

प्रशासनले शुक्रबार मात्रै रथ निकालिएको क्षेत्र वरपर पाँच जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment