Comments Add Comment

खतिवडाको बहिर्गमनपछि किन घट्यो सेयर बजार ?

२१ भदौ, काठमाडौ । सेयर लगानीकर्ताले डा. युवराज खतिवडालाई अर्थमन्त्रीका रुपमा खासै नरुचाएको मनिन्थ्यो । त्यसैले शुक्रबार भएको खतिवडाको सत्ता बहिर्गमनपछि सेयर बजार उचालिने धेरै लगानीकर्ताहरुको विश्वास थियो । तर, खतिवडाको बहिर्गमनपछि पहिलोपटक आइतबार बजार खुल्दा भने नतिजा त्यस्तो देखिएन ।

बजारखुल्नासाथै हरियाली छायो । पि्र-ओपनिङमा बजारमा ४३ अंकले माथि उक्लिएको थियो । सबै उपसमूहहरुमा हरियाली छाएको थियो । कारोबार खुेलेको केहिबेरसम्म सबै समूह बढेका मात्रै थिए ।

तर, विस्तारै विस्तारै बजार तल झर्दै गयो । बन्द हुँदासम्म व्यापार र म्युचुअल फन्डबाहेक सबै उपमूहहरु राताम्मे देखिए ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो । १०.४५ अंकले घटेर नेप्से परिसूचक १ हजार ४ सय ९९ दशमलव ९७ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.५४ अंकले ओरालो लागेको छ ।

दिनभर भएका १९१ कम्पनीको ३४ हजार ८ सय ७३ कारोबारबाट ७० लाख ३८ हजार ९ सय ९० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८ सय ८७ रुपैयाँ पुगेकेा छ ।

उचालिएको बजार किन घढ्यो ?

११ बजेर १२ मिनेट जाँदा बजार ३२ अंक भन्दा धेरैले उकालो लागिसकेको थियो । त्यो देखेर पूर्व बैंकर तथा सेयर बजारका विश्लेषक अनलराज भट्टराईले टि्वट गरे । भट्टराईमात्रै होइन, बजारसँग चासो राख्ने धेरैले आज बजार उकालो लाग्ने अनुमान गरेका थिए ।

तर, बजार बन्द हुँदासम्म भने फरक नजिता आयो । दोहोरो अंकले घटेपछि बजार आफै छक्क परेको भट्टराई सुनाउँछन् ।

‘कम्तिमा पनि २२/२४ अंकले बढ्छ भन्ने सोचेको थिएँ, तर फरक नजिता आयो’ उनी भन्छन्, ‘म छ अचम्ममा परे, यो नै कारण भनेर अहिले नै भन्न सकिने अवस्था देखिएन ।’

बजार घटबढ हुनुमा थोरै कारण नीति निर्माण तहमा को छ भन्नेले पनि फरक पार्ने उनी बताउँछन् । तर, आइतबारको कारोबारबारे थप केहि भन्न नसकिने उनी बताउँछन् ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार आफूले पनि ‘आज बजार बढ्छ’ नै भन्ने सोचेको बताउँछन् । पि्र-ओपनिङमा पनि निकै राम्रो बढेको बजार एक्कासी घटेको उनले बताए । अर्थमन्त्री खतिवडाको बहिर्गमनपछि बजार निकै बढ्ने अपेक्षा गरिएपनि फरक नतिजा आएको उनको भनाइ छ ।

तर, खतिवडा गएका कारण भने बजार नघटेको उनको भनाइ छ । केही दिन यता निरन्तर बजार बढिरहेको र लगानीकर्ताहरुले नाफा बुक गरेर सेयर बज्दा आज घटेको उनको भनाइ छ ।

अर्थमन्त्री नियुक्त भएसँगै नकरात्मक अभिव्यक्ति दिएपनि खतिवडाले पछिल्लो समय अभिव्यक्ति सुधारेको उनले बताए । यद्यपि उनको बहिर्गमन हुँदा बजार घट्नुपर्ने कारण नभएको उनले बताए ।

खतिवडाको बहिर्गमन हुँदा बढ्नुपर्ने भएपनि लगानीकर्ताहरु नाफा ‘बुक ‘ गर्न लाग्दा बजार घटेको उनले बताए । त्यस्तो ठूलो अंकले नघटेको कारण अन्य धेरै ठूलो कारण केही नभएको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment