Comments Add Comment

काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण

२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा संक्तमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment