Comments Add Comment

भारतमा मेट्रोसेवा सुरु

२२ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को कारण बन्द रहेको मेट्रो सेवा सोमबारदेखि सुरु भएको छ । मार्चको अन्तिम साताबाट लगाइएको लकडाउनको कारण भारतमा मेट्रो सेवा पनि बन्द भएको थियो ।

अगष्टको अन्तिममा भारतको सरकारले अनलकको चौथो चरणमा जारी दिशानिर्देश अनुसार सोमबारदेखि मुलुकका राज्यहरुमा चरणबद्ध रुपमा मेट्रो सेवा सुरु भएको हो ।

सोमबारदेखि मेट्रो सेवा सुरु भए पनि सरकारले भौतिक दुरी कायम राख्ने र मास्क लगाउनेजस्ता कोरोना भाइरस नियन्त्रणका दिशानिर्देश पालना गर्न सुझाएको छ । साथै यात्रुहरुलाई आफ्नो मोबाइलमा आरोग्य सेतु एप डाउनलोड गर्न पनि निर्देशन दिएको छ ।

१२सेप्टेम्बरसम्ममा भारतमा सबैश मेट्रो सेवा शुरु हुने बताइएको छ । यद्यपि भारतका कोरोना संक्रमण फैलिएका कन्टेनमेन्ट जोनमा भने सेप्टेम्बर ३० सम्म लकडाउन जारी रहनेछ । ३० सेप्टेम्बरसम्म त्यहाँ लकडाउन जारी रहनेछ र मेट्रो स्टेशन बन्द रहनेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment