Comments Add Comment

ट्राफिक प्रहरी जवानलाई निर्घात कुटपिट गर्ने ७ जना छुटे

२२ भदौ, काठमाडौं । निषेधाज्ञाको बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ७ जना छुटेका छन् ।

६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो ।

परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हाजिरी जवानीमा छोडिएको जानकारी दिए । अपराध महाशाखाले पक्राउ गरी परिसरमा बुझाएपछि उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।

उक्त घटनामा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । १३ जनालाई भने प्रहरीले छोडेको छैन । उनीहरु मध्ये १० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment