+
+
Shares

नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १९:२१

२२ भदौ, काठमाडौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

उनीहरुले अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड नक्कली बनाएको पाइएको प्रहरीको भनाइ छ । काठमाडौंमा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो बढेपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?