Comments Add Comment

‘चिसो मान्छे’मा स्वस्तिमा र अर्पणको उमेर अन्तर

निर्देशक दिपेन्द्र के खनाल आफ्नो नयाँ चलचित्रको स्क्रिप्ट फाइनल गर्ने दौडमा लागिरहेका छन् । स्क्रिप्टलाई बलियो बनाउन लागिपरेका दिपेन्द्रले छायांकन अनुमती पाएपछि काम सुरु गर्ने बताएका छन् ।

यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्काले मुख्य भूमिकामा काम गर्दैछिन् । चलचित्रका लागि नायक अर्पण थापाले काम गर्नेछन् । हुनत, निर्माणपक्षले दोश्रो चरणको लकडाउन भएका कारण पनि कलाकारसँग कागजी संझौता भने गर्न सकेको छैन ।

यो चलचित्रको छायांकन सुदुरपश्चिममा हुनेछ । चलचित्रमा स्वस्तिमालाई किन लिनुभयो भन्ने प्रश्नमा खनाल भन्छन्–‘मैले कहिले पनि कलाकारको बजार भ्यालु हेरेर काम गरेको छैन । मेरो स्क्रिप्टको माग अनुसार कलाकार लिने गर्छु । यो चलचित्रमा यूवतीको उमेर कम छ । यसैले पनि स्वस्तिमालाई लिएको हुँ । स्वस्तिमा अहिले पनि २० बर्षकी यूवती जस्तो देखिन्छिन् ।’

नायक अर्पण थापा र स्वस्तिमाको उमेर अन्तर ठूलै रहने भएकाले पनि दुई कलाकार यो चलचित्रमा फिट भएका हुन् । शर्मिला पाण्डे यो चलचित्रकी निर्मात्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment